नेकपा सचिवालय बैठक आज पनि बस्न सकेन, अध्यक्षद्वयबीच नै लफडा

काठमाडौँ । पटक–पटक सर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज (बुधबार)बस्ने भनिएको सचिवालय बैठक आज पनि सरेको छ । आज बस्ने भनिएको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि बैठक भोलि बस्नेगरी स्थगित भएको हो ।


स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायम रहेपछि अध्यक्षद्वयले सहमति जुटाउन बालुवाटरमा छलफल गरेका थिए । तर, अध्यक्षद्वयबीच कुनै ठोस छलफल हुन नसकेपछि बैठक स्थगित भएको हो ।


स्रोतका अनुसार प्रधानमन्त्री ओली स्कुल विभागको नेतृत्व नेता इश्वर पोखरेललाई दिने अडानमा हुनुहुन्छ भने अर्का अध्यक्ष दाहाल श्रेष्ठको हकमा सहमति जुट्न नसके अध्यक्षकै मातहत राख्न चाहनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?