अमेरिका–चीन व्यापार युद्धले विश्व नै खतरामा !

लोकपथ संवाददाता
0
Shares
US America flag on blue ship and China flag on red ship and multi color flag with white background of war trade which they counteract by increase import and export tax barrier and effect world economy

अमेरिका र चीनबीचको व्यापार युद्धको थालनी सन् २०१६ बाट शुरु हुन्छ । अर्को भाषामा भन्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय चुनाव जितेसँगै चीन–अमेरिका व्यापार युद्धको बिउ रोपियो भन्दा फरक नपर्ला । सन् २०५० सम्म विश्वको ‘नम्बर वान’ राष्ट्र बन्ने लक्ष लिएको चीनले विकासको गति यति तिब्र पारेको छ की जसबाट संसार चकित छ । उता, आफुलाई विश्वको ‘राजा’ ठान्ने अमेरिका चीनको तीब्र गतिको विकास देखेर चिन्तित मात्र छैन चीनलाई कमजोर पार्न सकिन्छ भन्ने भ्रम बोकेर अनेकन ‘उपाय’का लागि लाखौँ डलर खर्चिरहेको छ ।

सन् २०१६ मा राष्ट्रपतिको पदभार सम्हाल्नु अगाडी नै ट्रम्पले चीनसँगको व्यापार नीतिलाई परिमार्जन गर्ने बताउँदै आएका थिए । अमेरिकाले चीनलाई मुख्यगरी बौद्धिक सम्पत्ति चोरेको आरोप अगाएको छ । यद्यपि, चीनले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । यता, चीनले भने आफ्नो विकासलाई सहन नसकेर अमेरिकाले व्यापार युद्धको थालनी गरेको बताउँदै आएको छ । जे होस दुई राष्ट्रबीच आरोप–प्रत्यारोपका श्रृंखला निरन्तर जारी छ ।

तर, वास्तविका के हो भने अमेरिका चीनको विकास र सुरक्षा संयन्त्रदेखि डराएकै हो । र, चीनलाई निस्तेज पार्ने उसका नीति अन्तर्गतको व्यापार युद्ध शुरु गरेकै हो । सन् १९७८ बाट आर्थिक निर्माणमा केन्द्रित रहेर सुधार र खुलापनको नीति अबलम्वन गरिरहेको चीनले सोही नीतिमा रहेर सन् २०१९ सम्म आइपुग्दा नयाँ चीन बनाउन सफल भएको छ । अहिले उसले ‘बेल्ड एण्ड रोड इनिसिएटिभ’ परियोजना मार्फत विश्वलाई आफ्नो भूगोलसँग जोडिरहेको छ । हालसम्म करिब १५० भन्दा धेरै देश चीनको उक्त महत्वकाङ्क्षी परियोजनासँग जोडिसकेका छन् । चीनले कुनैपनि मुलुको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने नीति लिएको छ । उसले विश्वका सबै देशसँग सुमधु्र सम्बन्ध बनाउन चाहेको प्रष्ट पार्दै आएको छ । चीनले मुलुकको विकाससँगै विश्व समुदायको साथ र समर्थनले मात्र मुलुकको दिर्घकालीन विकास सम्भव छ भन्ने बुझेको छ ।

उता अमेरिकी नीति भने गजबको छ । विशेषगरी दोस्रो विश्व युद्धपछि शक्तिशाली राष्ट्रका रुपमा उदाएको अमेरिकाले ‘विस्तारवादी’ नीतिलाई अवलम्बन गरेको कतिपयको विश्लेषण छ । अमेरिकाले विश्वका विभिन्न देशमा आन्तरिक राजनीतिलाई अस्थिर बनाएर गृह युद्ध निम्त्याउने गरेको समेत आरोप लाग्दै आएको छ । उसको नीतिलाई विश्व समुदायले मान्नै पर्छ भन्ने अमेरिकी धारणा छ । माथि उल्लेखित कुरालाई भेनेजुएला, यमन, अफगानस्तान, अल्जेरिया, क्युवा आदि लगायतका देशमा उसको शान्ती सुरक्षाका नाममा देखिएको सक्रियताले प्रष्ट पार्छ । सैन्य बल, अत्याधुनिक हतियारले भरिपूर्ण अमेरिकाले ‘थर्काएर’ र ‘देखाएर’ नै विश्वको पहिलो राष्ट्र बन्न सकिन्छ भन्ने भ्रम बोकेको छ । आफुभन्दा कुनै मुलुक अघि बढेमा त्यो अमेरिकालाई सैह्य हुँदैन । उसले लाद्न खाजेको नीति कसैले अस्वीकार गरेमा त्यो पनि अमेरिकालाई सैह्य हँुदैन । त्यसपछि अमेरिकाले अनेकन जुक्ति लगाएर उसले भनेको नमान्ने राष्ट्रलाई कमजोर बनाउनतिर लाग्छ ।

त्यसैले अमेरिका–चीन व्यापार युद्धको थालनीकर्ता अमेरिका स्वयंम हो ।
अहिले विश्वका अर्थशास्त्रीहरुले अमेरिका–चीन व्यापार युद्धले विश्व अर्थतन्त्र नै खतरामा रहेको जनाउ दिइसकेका छन् । तर, एक–अर्काका अडानका कारण दुई देशबीचको व्यापार युद्ध सजिलै समाधान नहुने विभिन्न समयमा भएका द्धिपक्षिय निश्कर्षविहिन वार्ताले प्रष्ट्याइसकेका छन् । अर्कोतर्फ व्यापार युद्धले तुलनात्मक रुपमा चीनले बढी घाटाको सामना गर्नुपरेपनि अमेरिकाले पनि घाटाको सामना गरिरहेकै छ । विश्वलाई नयाँ गति दिन विश्व समुदाय लागिरहेका बेला विश्वका दुई शक्ति राष्ट्रहरु व्यक्तिगत स्वार्थका लागि व्यापार युद्ध गरेर विश्वकै अर्थतन्त्रलाई हलचल बनाइरहेका छन् । जुन विश्व समुदायका लागि गम्भीर आपत्तिको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?