फोहोर व्यवस्थापनमा सुधार नआउँदा अष्ट्रेलियाली प्रधानमन्त्री रुष्ट

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनप्र्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गर्नुभएको छ ।

प्लाष्टिकको पुनप्र्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उहाँ रिसाउनु भएको अधिकारीहरुले जनाएका छन् ।

उहाँले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गर्नुभयो । सिड्नीमा उहाँले बुधबार यो कोषसहितको परियोजनाको घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाको फोहोर नष्ट गर्ने उद्योगहरु बन्द गर्ने आदेशको आवश्यकता भएको पनि बताउनु भयो ।

“हामीले आफ्ना सन्तान र हामी आफँैलाई पनि प्लाष्टिकको बोतल छुट्टै एकै ठाउँमा राख्नु पर्छ भन्नु पर्ने भएको छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री मोरिसनले थप्नुभयो, “एक पटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्रीहरु फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्ने छ ।”

अष्ट्रेलियाबाट हरेक बर्ष १५ लाख टन कवाडी सामानहरु अन्य देश पठाइने गरेको छ । त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्रीहरु रहेको उहाँले बताउनुभयो ।

“फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,” प्रधानमन्त्री मोरिसनले भन्नुभयो । अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?