२८ श्रावण २०७६, मंगलवार १६:२९

बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता


प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १६:२९

एजेन्सी । भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।

स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो ।

यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ । केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षा भएको थियो । बर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ ।

राज्यका १४ जिल्लामध्ये सबैभन्दा धेरै मानवीय क्षति मालापुरम जिल्लामा भएको छ । पछिल्लो विवरण अनुसार मालापुरम जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

बाढीका कारण विस्थापित भएकाहरुलाई केरला राज्यभरी रहेका १३ सय ३२ शिविरमा राखिएको छ ।

Tags: ,

प्रतिक्रिया दिनुहोस
पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफको विदेशमा उपचार अझै अन्यौलमै

इस्लामाबाद । स्वास्थ्य अवस्था नाजूक रहेका भनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको उपचारका

स्कुलभित्र गोली चल्यो, दुई विद्यार्थीको मृत्यु

काठमाडौं । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै

जापानमा महिलाहरूलाई चस्मा लगाउन “प्रतिबन्ध” !

काठमाडौँ । जापानमा महिलाहरूलाई काम जाँदा चस्मा लगाउन “प्रतिबन्ध” लगाइएको छ । कम्पनीहरूले

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

काठमाडौं ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन