२७ श्रावण २०७६, सोमबार १५:३८

बसमा यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुहोस् यस्ता टेक्निक


प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १५:३८

काठमाडौं । सवारी साधन खासगरि बसमा यात्रा गर्दा रिंगटा लाग्ने र बान्ता हुने समस्या धेरै मानिसहरुको हुने गर्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् ।

कोही मानिसमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा यो समस्या देखा पर्छ । वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो । शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ तर यो समस्याको पनि समाधान छ ।
यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ। मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ। तर यो समस्यालाई घरेलु उपायबाट पनि समाधान गर्न सकिन्छ । हेर्नुहोस् हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटी जसले बान्ता हुनबाट बचाउँछ ।

१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ।

२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन।

३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन। साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ।

४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ। त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ। यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ।

५. सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ। यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन।

६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ। अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ। यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ।

अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ | एजेन्सी

प्रतिक्रिया दिनुहोस
महिनावारी हुँदा अत्यधिक पेट, ढाड र कम्मर दुख्छ ? यस्ता छन् दुखाई कम गर्ने घरेलु उपाय

काठमाडौं । साधारणतया १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ महिनावारी अर्थात् (Menstruation)

आफ्नो करियर कसरी बनाउने ? यस्ता छन् जान्नैपर्ने ५ टिप्स

काठमाडौं । कसको सपना नहोला र आफ्नो करियरलाई सफल बनाउने ? तर हामी

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम्

सुत्नुअघि यसो गर्नुहोस्, तत्काल घट्छ तौल

बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । तौल घटाउने अनेक तरिका