सहिद जसरी मर्न चाहन्थे यी १२ वर्षीय बालक, आखिर भयो यस्तो

एजेन्सी, १७ पुस । चरमपन्थी संगठन अल कायदाको एक जिहादी समर्थकले ओसामा बिन लादेनका १२ वर्षीय नातीको हत्या भएको सूचना दिएका छन् अल कायदाको अनलाईन समर्थकहरुमा यससँग जोडिएको एक पत्र शेयर भइरहेको छ । जुन पत्र ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनले लेखेको बताइएको छ एक हाइ प्रोफाइल अनलाईन जिहादी अल वतिक बिल्लाहले ३१ डिसेम्बरमा म्यासेजिङ एप टेलिग्राममा ओसामा बिन लादेनका नातिको मृत्युको खबर दिएको थियो यसलगत्तै हाइ प्रोफाल अल कायदा इनसाइडर शायबत–अल–हुकमासहित केही अन्य प्रमुख अलकायदा समर्थकले समेत टेलिग्राममा यो खबर शेयर गरेका छन् अल बतिकले ओसामा बिन लादेनको हत्या कसरी र कहाँ भयो भन्नेबारेमा जानकारी दिएको छैन । तर अर्का अल कायदा समर्थक अबु खल्लाद अल मुहनदिसले २६ मे देखि २४ जुनसम्म मनाइएको रमजानको महिना भएको बताएका छन् अबु खल्लादले ती बालककी आमा र परिवारलाई लेखेको पत्र समेत जारी गरेका छन्, जुन हमजा बिन लादेनले लेखेको बताइएको छ । यो पत्रमा हमजा बिन लादेनले उनी सबैं एक सहिद जसरी मर्न चाहेको र सन् २०१११ मा ओसामा बिन लादेन मारिएकोमा धेरै दुःखी भएको उल्लेख छ हमजा बिन लादेनले आफ्ना भतिजालाई पनि ओसामा बिन लादेन, ओसामा हमजा बिन लादेन र आफ्ना दाजुको हत्याको बदला लिनका लागि जिहाद छेड्न अपिल गरेका छन् । अल बतिक अल कायदासँग जोडिएका जानकारीका लागि आधिकारिक मान्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?