राष्ट्रपतिले दिए चेतावनी, हिंसात्मक गतिविधि गरे सह्य नहुने

इरान, १७ पुस । इरानमा चार दिनयता सरकार विरोधी भएको प्रदर्शनपछि पहिलो पटक इरानका राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार रहेको जनाउँदै हिंसात्मक गतिविधि गर्ने हक भने नभएको बताएका छन् उनले पहिलो पटक यस्तो प्रतिक्रिया दिँदै भने, तोडफोड वा सामाजिक अमनचयनमा खलल पुर्याउने कुनै पनि प्रयास सरकारका लागि सह्य नहुने चेतावनी दिए त्यस्तै, अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अहिले इरानमा देखिएका समस्याको कारक भएको बताए । सरकार विरोधी प्रदर्शनहरु राजधानी तेहरानबाहेक अन्यत्र पनि फैलिरहेका छन् यसैगरी, सन् २००९ मा भएका विशाल र्यालीयताकै सबैभन्दा ठूला विरोधका कार्यक्रमहरु हाल इरानमा भइरहेका छन् कतिपय शहरहरुमा हिंसा भड्के र झडप भइरहेको छ भने इरानले आन्दोलनका लागि प्रयोग भएको भन्दै सामाजिक सञ्जालहरुमाथि पनि प्रतिबन्ध लगाएको छ अमनचयन कायम राख्न टेलिग्राम र इन्स्टाग्राम जस्ता एप्सहरुमाथि अस्थायी प्रतिबन्ध लगाइएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् देशको उत्तर–पूर्वबाट शुरु भएको आन्दोलनमा आर्थिक कठिनाइ र मूल्य वृद्धिसम्बन्धी मागहरु समावेश थिए मूल्य वृद्धिबाट सुरु भएको प्रदर्शनले अहिले इरानका धेरै ठाउँमा यसले राजनीतिक रंग लिएको छ र आन्दोलनकारीहरुले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी, राष्ट्रपति रुहानी र इरानको हस्तक्षेपकारी क्षेत्रीय नीतिको विरोधमा नाराबाजी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?