किमको चेतावनी, ‘मेरो डेस्कमा हरेक समय परमाणु परीक्षणको स्विच’

प्योङयाङ, १७ पुस । उत्तर कोरियाली नेता किम जोङ–उनले आफ्नो डेस्कमा कुनै पनि समयमा परीक्षण गर्ने स्विच रहेकाले अमेरिकाले कहिल्यै पनि युद्ध सुरु गर्न नसक्ने दाबी गरेका छन् ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०१८ का उपलक्ष्यमा दिएको आफ्नो टेलिभिजन सम्बोधनमा उनले यस्तो दाबी गरेका हुन् । ‘सम्पूर्ण अमेरिका उत्तर कोरियाली परमाणु बमको मार हान्न सक्ने क्षमताभित्र रहेको छ’, उनले भने, ‘यो वास्तविकता हो, धम्की होइन ।’उनले उत्तर कोरियासँग वार्ताका लागि खुला रहेको पनि बताएका छन् । उत्तर कोरियाले सोलमा हुने विन्टर ओलम्पिकमा सहभागी हुने खेलाडीलाई दक्षिण कोरिया पठाउने समेत बताए उत्तर कोरियाको पछिल्लो प्रतिक्रियाका बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘हामी हेर्नेछौं ।’उत्तर कोरियाले राष्ट्रसहित अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिबन्धका बाबजुद आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । गत नोभेम्बरमा मात्रै उत्तर कोरियाले ह्वासोङ्ग–१५ को सफल परीक्षण गरेको थियो यो क्षेप्यास्त्र ४ हजार ४ सय ७५ किलोमिटर अर्थात अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रभन्दा १० गुणामाथिबाट गएको थियो उत्तर कोरियाले आफूले अमेरिकासम्म मार हान्न परमाणु हतियार लिएर जानसक्ने क्षेप्यास्त्र निर्माण गरिसकेको र परमाणु राष्ट्रका रुपमा स्थापित भएको बताउँदै आएको छ नयाँ वर्षको अवसरमा दिएको आफ्नो सन्देशमा उनले परमाणु कार्यक्रमलाई जोड दिँदै ठूलो संख्यामा परमाणु हतियार उत्पादन र तैनाथीमा जोड दिए एक अर्को प्रसंगमा उनले अहिलेसम्म पनि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध प्राविधिक रुपमा युद्धको अवस्थामा रहेको र आगामी दिनमा यो अवस्थामा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?