इरानमामा सरकारविरोधी प्रदर्शनका क्रममा हिंसा र आगजनी, २ को ज्यान गयो

तेहरान, १६ पुस । इरानमा बिहीबार देखि सुरु भएको सरकारविरोधी प्रदर्शन थप हिंसात्मक बन्दै गएको छ सरकारविरोधी प्रदर्शनका भिडियोहरु सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भएका छन् पश्चिमी इरानको डोरुडमा हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरुमाथि भएको गोली प्रहारमा दुई जनाको मृत्यु भएको छ देशका अन्य भागमा खिचिएका भिडिओहरुमा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा आगो लगाउनुका साथै सरकारी भवनहरुमा पनि आक्रमण भएको बताइएको छ इरानका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले उनीहरुको विरोध प्रदर्शन र  र्‍यालीहरुलाई गैरकानूनी भन्दै त्यस्ता भेलाहरु नगर्न चेतावनी दिएका छन् सरकारी अनुरोधका बाबजुद बिहीबारदेखि सुरु भएको विरोध प्रदर्शनले उग्ररुप लिएको छ प्रदर्शनकारीहरुले भ्रष्टाचार र महँगीविरुद्ध नारा लगाउँदै राष्ट्रपति हसन रुहानी, सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी र धर्म गुरुहरुबाट गरिने शासनको विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?