९ जेष्ठ २०७९, सोमवार

इरानमा सरकारविरोधी प्रदर्शनका क्रममा हिंसा र आगजनी, २ को ज्यान गयो

२०७४,पुष,१६,आईतवार ०६:०२

0
Shares

तेहरान, १६ पुस । इरानमा बिहीबार देखि सुरु भएको सरकारविरोधी प्रदर्शन थप हिंसात्मक बन्दै गएको छ सरकारविरोधी प्रदर्शनका भिडियोहरु सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भएका छन् पश्चिमी इरानको डोरुडमा हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरुमाथि भएको गोली प्रहारमा दुई जनाको मृत्यु भएको छ देशका अन्य भागमा खिचिएका भिडिओहरुमा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा आगो लगाउनुका साथै सरकारी भवनहरुमा पनि आक्रमण भएको बताइएको छ इरानका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले उनीहरुको विरोध प्रदर्शन र  र्‍यालीहरुलाई गैरकानूनी भन्दै त्यस्ता भेलाहरु नगर्न चेतावनी दिएका छन् सरकारी अनुरोधका बाबजुद बिहीबारदेखि सुरु भएको विरोध प्रदर्शनले उग्ररुप लिएको छ प्रदर्शनकारीहरुले भ्रष्टाचार र महँगीविरुद्ध नारा लगाउँदै राष्ट्रपति हसन रुहानी, सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी र धर्म गुरुहरुबाट गरिने शासनको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति: २०७४,पुष,१६,आईतवार ०६:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही

काठमाडौं । युक्रेन युद्धले विश्वभर जबरजस्ती विस्थापित व्यक्तिहरूको संख्या पहिलो पटक १० करोडभन्दा माथि पुगेको राष्ट्रसंघीय उच्च आयुक्तको कार्यलयले जनाएको

काठमाडौं । अफगानिस्तानका तालिबानहरुले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ ।

काठमाडौं । संयुक्त अरब इमिरेट्समा करिब दुई वर्षको स्वनिर्वासनपछि स्वदेश फर्किएका पूर्वराजा जुआन कार्लोस प्रथमविरुद्ध आइतबार म्याड्रिडमा सयौँ प्रदर्शनकारीहरूले प्रदर्शन

ताजा समाचार