सेन्ट पिटर्सबर्ग विस्फोटको जिम्मा लियो चरमपन्थी संगठन आइएसले

मस्को, १५ पुस । रुसको सेन्ट पिटर्स बर्गमा भएको १३ जना घाइते हुनेगरी भएको शक्तिशाली विस्फोटको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ आईएस निकट समाचार संस्था अमाकमामार्फत विस्फोटको जिम्मेवारी आईएसले लिएको हो । यद्यपि सो विस्फोटमा आईएस संलग्न रहेको प्रमाण भने फेला परिसकेको छैन यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विस्फोट आतंकवादी कार्य भएको संज्ञा दिएका थिए । आतंकवादी भर्ती गर्ने कार्यविरुद्धको सजाय कडा पार्ने एउटा कानूनमा पुटिनले शुक्रवार हस्ताक्षर गरेपछि आइएसको दावी सार्वजनिक भएको हो आइएसले रुस र पूर्व सोभियत संघका राज्यहरुबाट हजारौं लडाकुहरु भर्ती गरेको बताइदै आर्एको छ । पुटिनले आइएसद्वारा भर्ती गरिएका ती लडाकुहरु स्वदेश फर्किए खतरा उत्पन्न गराउने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?