११ जेष्ठ २०७९, बुधबार

चर्च आक्रमणः अमेरिकी राष्ट्रपतिद्वारा निन्दा

२०७४,पुष,१५,शनिवार ०७:११

0
Shares

वासिङटन, १५ पुस । इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गरेका छन् इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग ट्रम्पले गर्नु भएको टेलिफोन वार्तामा उनले इजिप्टका जनतालाई समवेदना व्यक्त गर्नु भएको र अमेरिकाले आतङ्कबादविरुद्धको लडाईका साथ दिने प्रतिवद्धता समेत प्रकट गर्नु भएको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको थियो कायरोको हेल्वान जिल्लामा रहेको मार मिना चर्चमा आक्रमण भएको यस आक्रमणमा परी एक प्रहरी अधिकारी, एक आतङ्ककारी र आठ क्रिस्चियनको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ इजिप्टका स्वास्थ्य मन्त्रीले मृत्यु हुनेहरूको सङ्ख्या दश पुगेको बताउनुभएको छ । उनले अरू पाँच जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको थप जानकारी दिएका छन् चर्चलाई नै लक्षित गरेर विस्फोटन गर्न लागिएको दुई वटा डिस्पोजल टोलीले निश्क्रिय बनाएको पनि समाचारमा उल्लेख गरिएको छ मार मिना चर्चमा अर्को हप्ता हुने नयाँ बर्षको उपक्षय हुने कार्यक्रमको तयारी लागेका क्रिस्चियन समूदायलक्षित आक्रमण भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार ०७:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ

काठमाडौं । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका

ताजा समाचार