मूल्यवृद्धिको विरोधमा इरानमा सरकार विरोधी प्रदर्शन चर्कियो

तेहरान, १५ पुस । इरानमा मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन झनै चर्किएको छ सरकारविरुद्ध र्‍यास्ट सहर, केरमनशालगायतमा हजारौं मानिसहरु सडकमा भेला भएर प्रदर्शन गरेका छन् भने एस्फहान, हमादानलगायत क्षेत्रमा पनि प्रदर्शनहरु भएको बताइएको छ विरोध प्रदर्शनमा उत्रिएकाहरुमध्ये ५२ जना राजधानी तेहरानबाट पक्राउ परेका छन् । प्रदर्शनकारीलाई पक्राउ गरेकोमा अमेरिकाले निन्दा गर्दै सबै राष्ट्रहरुलाई इरानी जनताले आधारभूत अधिकार र भ्रष्टाचार अन्त्यका लागि गरेको मागलाई समर्थन गर्न आग्रह गरेको छ जनसंख्याको हिसाबले देशको दोस्रो ठूलो उत्तर पूर्वी शहर मस्सदबाट बिहीवार प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीहरुले अधिक मूल्य वृद्धि गरेकोमा सरकार र राष्ट्रपति हसन रुहानी प्रति आक्रोश व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?