टिकटक भिडियो बनाउँदा २४ वर्षे युवकको मृत्यु

appharu
0
Shares


यतिबेला टिकटक भिडियो भाइरल बनाउने लहड छ । कति लाईक कति कमेन्ट र कति सेयर हुन्छ भनेर बनाउनेले पनि कामै छोडेर समेत हेर्नेहरु छन् ।


तपाई पनि टिकटक भिडियो बनाउन अनेक पोज तथा जोखिम मोल्नुहुन्छ भने तपाईको लागि सतर्क हुने समाचार छ ।


भारतको हैदराबादमा दुखद् घटना भएको छ ।

हैदराबादको मडचल जिल्लास्थित बिहीबार साँझ दुलापाल्ली लेकमा टिकटक भिडियो खिच्दैगर्दा २४ वर्षीय युवाको तलाउमा खसेर ज्यान गएको छ ।


नरसिम्ह नाम गरेका युवाले टिकटक भिडियोका लागि पोज दिँदै गर्दा तलाउमा खसेर मृत्यु भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियोमा पोज दिँदै नाच्दै गर्दा उनी तलाउमा खसेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?