महोत्तरीको नेतृत्व होडमा फरक अनुहार

कमलेश मण्डलमहोतरी, भदौ २५सेतोपाटी डट कम बाटस्थानीय तह चुनावका लागि बुधबार भएको मनोनयनमा राजनीतिकर्मी मात्र नभएर विभिन्न पेसा व्यवसायका व्यक्तिले पनि उम्मेदवारी दिएका छन्।सभासदका पूर्वउम्मेदवार, पूर्वगाविस अध्यक्ष, प्रजातन्त्र सेनानीदेखि व्यवसायी पनि स्थानीय तह नेतृत्वको दौडमा छन्।महोत्तरीकै सबैभन्दा बढी मतदाता रहेको बर्दिवास नगरको प्रमुख पदमा कांग्रेसबाट प्रह्लाद क्षेत्री, एमालेबाट सुरेश राउत र माओवादी केन्द्रबाट विदुर कार्कीसहित ८ जनाले उम्मेद्वारी दिएका छन्।कार्की २०५४ को चुनावमा तत्कालिन किसान गाविसको अध्यक्ष पदमा जनमोर्चाबाट चुनिएका थिए। जनमोर्चा नेपालबाट गाविसको चुनाव जितेर २०५४ सालमा किसाननगरको नेतृत्व समालेका कार्कीले २० वर्षपछि फेरि उनी माओवादी केन्द्रबाट नगर चुनावमा लड्दैछन्।२०४६ सालपछिको परिवर्तन सँगै कम्युनिष्ट पार्टी चौंमौंबाट राजनितिक यात्रा सुरु गरेका कार्की प्रखर बक्तासमेत हुन्। अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनको विरुद्ध लड्दा लड्दै उनले आफ्नो ६० प्रतिशत पैतृक सम्पति सकाइसकेका छन्।विकासलाई आत्मसाथ गर्ने नेतृत्वमा विश्वास गर्ने कार्की निष्ठाको राजनीतिमा प्रतिबद्ध छन्।  सुन्दर, समृद्ध, स्वच्छ नगरको रूपमा बर्दिबासलाई विकास गर्ने उनको लक्ष्य छ।गुणात्मक शिक्षाको विकास गर्ने उनको उमेदवारीको प्रमुख एजेन्डा हो। ‘नगरको पर्यावरणको संरक्षण सम्वद्ध गर्दै  विकास गर्छु,’ उनले भने।यस्तै कानुनका विद्यार्थी ४० वर्षीय युवालाई नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाको मेयरमा लडाएको छ। कम बोल्ने र काम गरेर देखाउने स्वभावका प्रह्लाद क्षेत्री २०४९ सालमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट विद्यार्थी राजनीतिबाट कांग्रेसमा छिरेका हुन्।२०५६ सालमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेपाल विद्यार्थीसंघको नेतृत्व गरेका उनले २०५८ सालमा तरूण दलको महोत्तरी क्षेत्र नम्बर १ को प्रमुख भए। २०६१ सालमा जिल्ला कोषाध्यक्ष भइसकेका क्षेत्री २०६४ सालको संसदीय चुनावमा तराई मधेश सद्भावना पार्टीबाट महोत्तरी क्षेत्र नम्बर  ६ का नरेन्द्र यादवलाई सघाएका थिए।निक्रिय समयमा जिल्लामा ठेक्कापठ्ठा गरेका उनी पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय छन् ‘म चुनाव भन्दा धेरै पहिलेदेखि नै विकास निर्माणमा आर्थिक तथा भौतिक सहयोग गरेको छु। मलाई जनताले भोट दिन्छन्।’सरकारी स्वामित्वमा रहेको टिम्बर कर्पोरेसन अफ नेपाल कर्मचारी संघबाट २०३४ सालमा  सुरेश राउतले नेकपा एमाले निकट रहि राजनीतिक यात्रा सुरु गरेका थिए ।यस्तै दुई पटक बर्दिबास उद्योग वाणिज्य संघको नेतृत्व सम्हालीसकेका सुरेश राउतलाई एमालेले उम्मेद्वार बनाएको छ।बारा, पर्सा, सर्लाही, महोत्तरी, सिन्धुली, धनुषामा काठ व्यवस्थान गर्ने डिपोको प्रमुख भएर राउत २०७० सालसम्म काम गरेका थिए। बर्दिवासमा एकीकृत सेवा केन्द्र, नापी कार्यालय, मालपोत कार्यालय, नेपाल विद्युत प्राधिकरणको शाखा ल्याउन उनले पटक पटक आन्दोलनको नेतृत्व गरेका थिए।बर्दिबासमा सबैले देख्ने गरि विकास गर्ने उनको उद्धेश्य छ। उनी महोत्तरीमा कहलिएको व्यापारी हुन्। ‘जनताको मतले जितिने हो । पैसामा किनेको भोटले जितिने होइन्,’ उनी भन्छन्, ‘म विकास गर्ने मान्छे हो। मैले यहाँको मतदातको सुविधाको लागि धेरै काम गरेको छु। मेयर बने अझै धेरै काम गरेर बर्दिबासलाई समृद्ध बनाउँछु।’मनोनयनको अन्तिम समयमा औरही नगरपालिकामा माओवादीका तर्फबाट प्रमुख पदको उम्मेदवार बनेका नरेन्द्र यादव राजपाको जिल्ला अध्यक्ष मण्डलका सदस्य थिए। ०५४ को स्थानीय चुनावमा यादव कांग्रेसबाट तत्कालिन औरही गाविसका अध्यक्ष भएका थिए।गौशाला नगरपालिकामा कांग्रेसका मनु अधिकारी पहिलोपटक निर्वाचनमा होमिएका छन्। २०३४ सालदेखि नेविसंघ हुँदै राजनीतिमा लागेका उनी लोकतन्त्र स्थापनाको आन्दोलनमा जेलनेल र यातना खेप्दै आए पनि कुनै पद नलिएकाले कांग्रेस वृत्तमा त्यागी नेता मानिन्छन्।गौशालामा एमालेले पद्मप्रसाद सुवेदीलाई टिकट दिएको छ। उनी यसअघि ०४७ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं ५ बाट संसदीय चुनावमा उठेका थिए ।माओवादी केन्द्रले शिवनाथ महतोलाई मेयर उम्मेदवार बनाएको छ। राजपाले युवा कार्यकर्ता भोला मण्डललाई टिकट दिएको छ। उनकै गाउँ निगौलबाट संघीय समाजवादी फोरमले महिला प्रत्यासी रामकुमारी महतोलाई मेयर उठाएको छ।जलेश्वर नगरपालिकाबाट प्रमुख पदमा कांग्रेसबाट अशोक साह उम्मेदवार छन्। राजपाले शंकर शाहीलाई टिकट दिएको छ। त्यस्तै माओवादी केन्द्रले प्रमुख पदको टिकट दिएका कौशलेन्द्र शर्मा तत्कालीन जिविसको इलाका सदस्यमा निर्वाचित थिए।तर यता महोत्तरीको बर्दिबास नगरपालिकाको स्थानीय निकायको निर्वाचनमा मेयर पदको बाजी मार्ने विषय मुख्य राजनितिक दलका लागि प्रतिष्ठाको सवाल बनेको छ। दुई पटक संसदीय चुनाव आफ्नै पार्टी भित्रको अन्तरघातले हार बेहोरेका नेपाली कांग्रेस बर्दिबासको मेयर पद पड्काउने दाउमा छन्।नेकपा एमाले पनि दुई पटक स्थानीय तहको चुनावमा पराजय भएका कारण जुनसुकै हालतमा मेयर पदको चुनाव जितेर छाड्ने कसरतमा छन्। एमालेको केन्द्रीय शक्ति नै बर्दिबासको चुनाव प्रचारमा लागेको छ। कांग्रेस र नेकपा एमालेलाई दुई पटकको संसदीय चुनावमा पराजय बनाएर लाल किल्ला बनाएका नेकपा माओवादी केन्द्रले असोज २ गतेको स्थानीय तहको निर्वाचन फेरि जितेर लालकिल्ला अझै मजबुत बनाउन चुनाव जित्ने तयारीमा छन्।राजधानीसँग मधेसको सबै भन्दा नजिक रहेको स्थान बर्दिबास हो। यहाँ जिल्लादेखि केन्द्रसम्म पहुँच राख्ने नेताहरुको दवदवा छ। राजनीतिक दलहरुले प्रदेश नम्बर—२ स्तरीय बैठक गर्नुपर्दा बर्दिबास नै रोज्छन्। बर्दिबास कुनै पनि आन्दोलनमा बन्द हुँदैन। यहाँका राजनीतिक दल, व्यपारी, उद्यमी, स्थानीयले बन्द सधैंको लागि दुई वर्षअघि बन्द घोषणा गरिसकेका छन्। ६ महिने नाकाबन्दीमा बर्दिबासले काठमाण्डौंलाई डिजल, पेट्रोल, ग्यास र अक्सिजन पुर्‍याएर गुण लगाएको थियो।प्रदेशस्तरीय कृषि कलेज, मेडिकल कलेज, जयनगर-जनकपुर-बर्दिबास-सीमराको रेल्वे स्टेसनको प्वाइन्ट पनि बर्दिबास हो। यसै कारण बर्दिबासको नेतृत्व गर्न विभिन्न राजनीतिक दलका केन्द्रीय नेताहरु नै चुनावी मैदानमा आफ्ना उमेदवारका लागि मत माग्न उत्रिरहेका छन्।सेतोपाटी डट कम बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?