सलमानले आफ्नो नयाँ चलचित्रमा कपिल शर्मालाई स्थान दिने

एजेन्सी । टुटेको साथलाई पुनर्मिलन गराउनका निम्ति दुबै प्रतिभाशाली कलाकारहरुको प्रतिभालाई सलमान  खानले उजागर गर्ने प्रयास गरिरहेका छन् । 

"भारत" नामक चलचित्रमा सुनील ग्रोवरलाई भुमिका दिएपछि सलमानले कपिल शर्मालाई पनि अर्को नयाँ चलचित्रमा स्थान दिने योजना बनाएका छन् । भारतीय मिडियाहरुमा आइरहेको समाचार अनुसार "कपिल शर्मा शो" को निर्माण गरेपछि सलमानले कपिल शर्मालाई फिल्ममा काम दिने निर्णय गरेका हुन् । 

उनलाई भुमिका दिने भन्ने चलचित्रको नाम "शेरखान" रहनेछ । वास्तवमा सलमानले उनका कान्छो भाई सोहेल खानबाट यो चलचित्र प्रारम्भ गर्ने तयारी गरिरहेका छन् । 

यो प्रोजेक्ट स्क्रिप्ट फाइनल नभएका कारण ढिला भइरहेको थियो । चलचित्रमा कपिल शर्मा हुनुको विशेष यो रहेको छकी, कमेडि सर्कसमा कपिलले प्रतिस्पर्धिको काम गरिरहेका थिए सोहिबेला सोहेल खानले कपिललाई आफ्नो नयाँ चलचित्र शेरखानमा खेलाउने वाचा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?