कांग्रेसको जागरण अभियान: ३१ हजार ६ सय ४२ जना पार्टी प्रवेश

काठमाडौं । कांग्रेसले आफ्नो पार्टीप्रति आकर्षण हुनेको संख्या बढेको निष्कर्ष निकालेको छ ।  

पार्टीले सुरु गरेको जागरण अभियानको पहिलो चरणमा नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्नेको संख्या बढेसंगै यस्तो निष्कर्ष निकालेको हो । 

कांग्रेसले दोस्रो चरणको अभियानमा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएको जानकारी दिए । 
सोहिक्रममा ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको र यसरी पार्टी प्रवेश गर्नेहरुमा धेरैजसो सत्तारुढ नेकपाका नेता-कार्यकर्ता रहेकाे उनले बताए । 

उनका अनुसार, जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?