इजिप्टमा पेन किलर राखेकाे अारोपमा बेलायती महिलालाई ३ वर्ष जेल

कायरो, १२ पुस । इजिप्टमा एक बेलायती महिलालाई पेन किलर ट्याब्लेट राखेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि औषधीको तस्करी गरेको आरोप लगाइएको थियो ३३ वर्षीय बेलायती महिला लारा प्लमरसँग ३ सय वटा पेन किलर ट्याब्लेट फेला परेको थियो । ९ अक्टुबरमा उनको साथबाट पेन किलर पाइएपछि गिरफ्तार गरिएको थियो । प्लमरले यो औषधी बेलायतमा वैध रहेकाले इजिप्टमा अवैध मानिन्छ भन्ने आफूलाई जानकारी नभएको बताएकी छन् उनको परिवारले उनका वकिलले अपिल दायर गर्ने जानकारी दिएका छन् । अदालतमा सुनुवाईका क्रममा प्लमरकी आमा रोबर्ट सिनक्लेर समेत उपस्थित थिइन् । फैसलापछि उनले आफू अचम्ममा परेको बताएकी छन् परिवारका सदस्यले प्लमरले औषधी लुकाउने कोशिस नगरेको र एक साथीले दिएको बताएका छन् । प्लमरले आफ्ना साथी उमर काबुसँग हुरगादाको रेड सी रिसोर्टमा छुट्टी मनाउन गएका बेला प्रहरीले पक्राउ गरेको हो जेल सजायको खबरप्रति बेलायती सांसद कार्ल टर्नरले दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?