गुजरातमा छैठौं पटक भाजपाको सरकार, रुपाणी मुख्यमन्त्री

गान्धीनगर, ११ पुस । भारतको गुजरातमा विजय रुपाणीले दोस्रोपटक मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् गान्धीनगरको सचिवालय ग्राउण्डमा भएको समथग्रहण समारोहमा राज्यपाल ओपी कोहलीले रुपाणीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् विहान साढे ११ बजे सुरु भएको सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष राजनाथ सिंह, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीसहित ३० जना केन्द्रीय मन्त्री र भाजपा शासित १८ राज्यका मुख्यमन्त्री सहभागी थिए सपथ ग्रहण समारोहमा पहिलो पंक्तिमा मोदीसहित भाजपा अध्यक्ष अमित शाह र भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी देखिएका थिए शपथग्रहण समारोहमा पूर्वमुख्यमन्त्री आनन्दीबेन पटेल, शंकर सिंह बाघेलालगायत पनि सहभागी थिए भने विहारका मुख्यमन्त्री नितिशकुमार र उपमुख्यमन्त्री सुशील मोदी समेत सहभागी भएका छन् । नितिश १५ वर्षपछि गुजरात गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?