विद्यासुन्दरलाई आइलाग्यो यस्तो आपत

काठमाडौँ, ११ पुस- काठमाडौँ महानगरपालिकाकका मेयर विद्या सुन्दर शाक्यलाई आपत आइलागेको छ । उपमेयर हरिप्रभा खड्गीले पूरातत्व विभागको स्विकृतिविना नै मेयर शाक्यले रानीपोखरीमा कंक्रिट संरचना बनाउन सुरु गरेको आरोप लगाएपछि उनी समस्यामा परेका हुन् मंगलबार विहान रानीपोखरीको अवलोकन गरेपछि उनले प्रतिक्रिया दिँदै विज्ञहरुसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढने पनि स्पष्ट पारिन् उपमेयर खड्गीले काठमाडौं उपत्यकाको सम्पदा नै लोप हुनेगरी निर्माण गर्न लागिएको रानीपोखरीको कंक्रिट संरचना निर्माणको काम अघि बढाउन नदिने दावी समेत गरिन् उपमेयर खड्गीले मेयर शाक्य एक्लै अघि बढन खोजेको भन्दै आपत्ति पनि जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?