९ जेष्ठ २०७९, सोमवार

एकताको मोडालिटी टुंग्याउँदै एमाले–माओवादी

२०७४,पुष,११,मंगलवार ०२:४१

0
Shares

काठमाडौँ, ११ पुस- वाम गठबन्धनका दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको ‘मोडालिटी’ टुंग्याएर एकता प्रक्रिया र सरकार गठनको गृहकार्यलाई तीव्रता दिने समझदारी भएको छ । ‘वान टु वान’ भेटवार्ता र टेलिफोन संवादमा दुई नेताबीच पार्टी एकता प्रक्रिया र सरकार गठनको गृहकार्यलाई तीव्रता दिने समझदारी भएको हो । एकता ‘मोडालिटी’को गृहकार्य अन्तिम चरणमा पुगेको दुवै पक्षका नेताहरूको दाबी छ, प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी परिणाम सार्वजनिक भएपछि दुईपटक ओली र प्रचण्डबीच ६ घन्टासम्म लामो संवाद भएको छ । उनीहरुबीच नियमित टेलिफोन कुराकानी भइरहेको छ । तर, दुवै नेताले सबै टुंगो नलागेसम्म गोप्य राख्ने समझदारी गरेका कारण दोस्रो तहका नेताहरूसमेत संवादको समझदारीबारे बेखबर छन् ‘एकताको मोडालिटीलगायत समग्र कुराकानी सकारात्मक रूपमा टुंगिँदै गएको जानकारी पाएका छौँ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘अहिले दुई अध्यक्षबीच मात्रै कुराकानी भइरहेका कारण परिपक्व भइसकेपछि मात्रै सबै कुरा बाहिर आउनेछ ।’ नयाँ पत्रिकामा  खबर छओली र प्रचण्डबीच पुसयता दुईपटक वार्ता भएको छ ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०२:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

ताजा समाचार