२४ माघ २०७९, मंगलवार

एमाले-माओवादी एकता संयोजन समितिको बैठक आज

२०७४,पुष,११,मंगलवार ०१:१७

0
Shares

काठमाडौँ,११ पुस – वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्दैछ । बैठकमा पार्टी एकताका खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको छ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको संयोजन समितिको बैठकको समय र ठाउँ भने तय भइसकेको छैन । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार मङ्गलबार समितिको बैठक बस्ने मोटामोटी तयारी भएको छ तर ठाउँ र समय तय भइसकेको छैन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मङ्गलबार बिहान चितवनमा एक कार्यक्रम रहेको र त्यसपछि उनी काठमाडौँ फर्केपछि बैठक बस्ने तयारी भएकाले समय र स्थान तय हुन नसकेको उनले जानकारी दिए । यद्यपि बैठक बस्ने तयारी दुवै दलबाट भएको सचिव ज्ञवालीले जानकारी दिए त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार मङ्गलबारको बैठक तय भइसकेको छ । अध्यक्ष प्रचण्ड काठमाडौँ फर्किएपछी समितिको बैठकमा भाग लिने बताउँदै उनले अपराह्नसम्म बैठक बस्ने बताए दुई कम्युनिस्ट पार्टीको एकताबारे विभिन्न टिकाटिप्पणी भइरहँदा संयोजन समितिको बैठकको तयारी गरिएको गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०१:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर

काठमाडौं । नेपाल प्रहरीले ७८ लाख ५० हजार रुपैयाँसहित सहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध जनाएको छ ।

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७