१३ माघ २०७९, शुक्रवार

सरकार गठनको जोडघटाउ सुरु

२०७४,पुष,११,मंगलवार ०१:१२

9
Shares

काठमाडौँ, ११ पुस – प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक हुने क्रमसँगै सरकार गठनको जोडघटाउ आरम्भ भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले स्पष्ट बहुमत पाएपछि सरकार उसैले गठन गर्ने प्रायः निश्चित छ । तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मधेसबाट बोलाएर सोमबार छलफल गरेको खबर गोरखापत्रमा छ |नेकपा (एमाले) र नेकपा (मााअ‍ेवादी केन्द्र)बीच वाम गठबन्धनले निर्वाचनमा तालमेल मात्र होइन, संयुक्त घोषणापत्र लिएर चुनावमा होमिएर सफलता पनि प्राप्त गरिसकेका छन् । चुनावपछि पार्टी एकता गर्ने सहमतिले निर्वाचनमा ठूलो ऊर्जा प्राप्त भएको जनमतले देखाइसकेको छ । तर, सरकार निर्माणका क्रममा रहेका नेकपा (एमाले)का अध्यक्ष ओलीले माओवादी केन्द्रबाहेक मधेसवादी दलसँग मिलेर पनि सरकार बनाउने उद्देश्यले गत शुक्रबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको यादव निकट एक नेताको दाबी छ “सरकार निर्माणका लागि सहयोग गर्न फोरम नेपालका अध्यक्ष यादवलाई ओलीले आग्रह गर्नुभएको हो”, ती नेताले भने । छलफलमा यादवले संविधान संशोधनलगायत मधेसका अन्य कार्यसूचीको विषयमा एमालेले आफ्नो दृष्टिकोण स्पष्ट पारे मात्र सरकारको बारेमा सोच्न सकिने धारणा राखेका थिए यस विषयमा अध्यक्ष यादवसँग जिज्ञासा राख्दा उनले एमालेका अध्यक्ष ओलीसँग भेटघाट भए पनि सरकार गठनको विषयमा छलफल नभएको बताए ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण शुरु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार वर्ष भयो । विसं २०५२ मा समान्यरूपमा

काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित

ताजा समाचार

धनुषामा लागुऔषधसहित चार जना पक्राउ
 २०७९,माघ,१३,शुक्रवार १४:५३