१० जेष्ठ २०७९, मंगलवार

‘अड्कबाजीको बजार’मा प्रचण्डको अर्थपूर्ण अलमल

२०७४,पुष,११,मंगलवार ०१:०५

0
Shares

काठमाडौं, ११ पुस–राष्ट्रियसभा गठन विवाद मिलाउने प्रयासस्वरुप गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलका शीर्ष नेताको बैठक बस्यो बैठकपछि एमाले नेताहरु स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैसेपाटीतिर लागे । तर, वाम गठबन्धनका नेता प्रचण्ड भने चितवनतिर लागे प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, प्रचण्डलाई राम्ररी थाहा थियो । त्यसैले एमाले बैठकपछि साँझ अध्यादेशदेखि एमाले माओवादी पार्टी एकतासम्मको विषयमा छलफल गर्ने तय थियो । तर बालुवाटार बैठकपछि हिँडेका प्रचण्ड चार दिनदेखि त्यतै अलमलिएका छन् । उनको अलमलले दुई पार्टीको औपचारिक बैठक समेत बस्न सकेको छैन । महत्वपूर्ण विषय सल्टाउन छाडेर प्रचण्ड किन चार दिनदेखि काठमाडौंबाहिर स–साना कार्यक्रममा अल्झिएका छन् ?यसले ‘अड्कबाजीको बजार’मा नयाँ नयाँ आशंका गर्नेलाई बल मिलेको छ कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार ०१:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३