कैलाली र कञ्चनपुरका सबै ठाउँमा सिंचाई सुविधा पुग्न सकेन

गगन अयडी कैलाली पुस १०–सुदूरपश्चिमको अन्नभण्डारका रुपमा चिनिएका तराईका कैलाली र कञ्चनपुरका सबै ठाउँमा अझै सिँचाई सुविधा पुग्न सकेको छैन कैलालीको मात्रै कुरा गर्ने हो भने खेती गरिने कुल ६९ हजार ६६७ हेक्टर जमिनमध्ये २४ हजार ४६८ हेक्टर जमिनमा मात्रै वर्षभरी सिचाई सुविधा पुगेको छ ४४ हजार ४८९ हेक्टर क्षेत्रफल जमिन सिञ्चित हुने गरेको भएपनि वर्षभरी सिचाई सुविधा पुग्न सकेको छैन । जिल्लाको कुल ८९ हजरा ९३५ खेती योग्य जमिनमा सिचाई सुविधा पुर्याउने उद्देश्यअनुसार भिन्न सिचाई आयोजनाहरु पनि निर्माणको क्रममा छन् तर, अहिले सिचाई विकास डिजिभनमार्फत निर्माणको क्रममा रहेका ३३ वटा आयोजनाहरु सम्पन्न भएपनि सबै जमिन सिञ्चित हुने अवस्था छैन । सिचाई विकास डिभिजन कार्यालय कैलालीमार्फत अहिले जिल्लामा विभिन्न शीर्षकमा गरी ३३ वटा सिचाई आयोजनाहरु सञ्चालनमा छन् । जिल्लामा कुल ८९ हजार ९३५ खेतीयोग्य जमिनमध्ये अहिले कुल ६९ हजार ६६७ हेक्टर जमिनमा मात्रै खेती भइरहेको छ त्यसमध्ये पनि २४ हजार ४६८ हेक्टर जमिनमा मात्रै वर्षभरी सिचाई सुविधा पुगेको छ । ४४ हजार ४८९ हेक्टर क्षेत्रफल जमिन सिञ्चित हुने गरेको भएपनि सबै जमिनमा वर्षभरी सिचाई सुविधा पुग्न नसकेको सिचाई विकास डिभिजन कार्यालय कैलालीका प्रमुख गणेश मरासिनीले बताए खेतीयोग्य जमिनमा सिचाई सुविधा पुर्याउन सानादेखि ठूला योजनाहरु निर्माण भइरहेका छन् । १८ हजार हेक्टर जमिन सिचाई गर्ने लक्ष्यसहित वृहत कुलरिया रानी जमरा सिचाई आयोजना पनि निर्माणको क्रममा छ पहाडमा १० हेक्टर र तराईमा एक सय हेक्टर क्षेत्रफलसम्मको जमिनमा सिचाई सुविधा पुर्याउने अधिकार स्थानीय तहलाई पनि छ । तर, अहिलेसम्मको अवस्था हेर्दा सिचाई सुविधाको अभावमा २० हजार बढी जमिनमा कुनै खेती नै हुदैन भने खेती भइरहेकोमध्ये २५ हजार हेक्टर क्षेत्रफलमा सिचाई सुविधा पुग्न नै सकेको छैन यो तथ्यांकलाई हेर्दा अझै ४५ हजार हेक्टर क्षेत्रफलमा सिचाई सुविधा पुर्याउनुपर्ने देखिन्छ । सिचाई डिभिजन प्रमुख मरासनीकाअनुसार यस्तो अवस्थामा अहिले सञ्चालन भइरहेका आयोजना सम्पन्न भएपनि सबै जमिनमा सिचाई सुविधा पुग्न सम्भव देखिदैन सिचाई विकास डिभिजनमार्फत सञ्चालनमा रहेका २५ क्रमागत सिचाई आयोजना यसै आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्नुपर्ने छ भने बाँकी आयोजनाहरु आगामी दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?