२६ माघ २०७९, बिहीवार

रक्सीको नशामा महिलामाथि यसकारण दुव्र्यवहार गर्छन पुरुषले

२०७४,पुष,१०,सोमवार १०:००

0
Shares

वासिंगटन, १० पुस । एकातर्फ महिला र पुरुषबीच समानताको विषयलाई लिएर जनचेतना फैलाउने अभियान चलिरहेको छ भने अर्कोतर्फ अमेरिकाको एक विश्वविद्यालयले आश्चर्यजनक तथ्य खुलासा गरेको छ विश्वविद्यालयले गरेको अध्ययनमा नशाको सुरमा पुरुषहरुले महिलालाई वस्तुको रुपमा हेर्ने प्रवृत्ति बढी हुने गरेको पाइएको छ । त्यो भन्दा पनि अचम्मको कुरा त जसलाई आकर्षक र फ्रेन्डली मानिन्न ती महिलासँग यस्तो हुने गरेको पाइएको छ यो अध्ययन अमेरिकाको नेब्रास्का–लिंकोइन विश्वविद्यालयमा गरिएको हो । अनुसन्धानकर्ताले वास्तविक परिस्थितिको जाँचका लागि केही परिस्थिति तथा कारकको अध्ययन गरेको थियो, जसमा पुरुषले महिलालाई वस्तुको रुपमा हेर्ने गरेको पाइएको छ ४९ पुरुषमा अध्ययनयो अध्ययनको प्रकाशन ‘सेक्स रोल्स’ जर्नलमा प्रकाशित गरिएको हो । अध्ययनमा २० देखि ३० वर्षसम्मका ४९ जना पुरुषलाई सामेल गरिएको थियो तिमध्ये २९ जनालाई रक्सी खुवाइएको थियो र उनीहरु हल्का नशामा आएका थिए । बाँकी २० जनालाई साधारण पेय दिइएको थियो । सबैलाई ८० युवतीको तस्बिर देखाइएको थियो र उनीहरुको व्यक्तित्वको बारेमा सोधिएको थियो आई–ट्रयकिङ प्रविधिआई–ट्रयकिङ प्रविधिका माध्यमबाट पुरुषले महिलाको तस्बिरको कुन अंगलाई हेरिरहेका छन् भनेर जाँच गरिएको थियो । अध्ययनमा यस्तो तथ्य बाहिर आयो कि नशामा भएको व्यक्तिले कुनै महिलालाई वस्तुको रुपमा हेर्छ । यसमा महिला कति आकर्षक या हट देखिएको छ भन्ने बारेमा हेरिएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,१०,सोमवार १०:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इन्डोनेसिया । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई

काठमाडौं । राजनीतिकरूपले सङ्कटग्रस्त अफगान जनताको जीवन सहजयापन बनाउँनका लागि उज्बेकिस्तान सरकारको सहयोगमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले हिउँदे सहायता

काठमाडौं । युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेलाइतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार

काठमाडौं । युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७
भारतीय बजारका कारण मारमा उपभोक्ता
 २०७९,माघ,२६,बिहीवार १४:१४