रक्सीको नशामा महिलामाथि यसकारण दुव्र्यवहार गर्छन पुरुषले

वासिंगटन, १० पुस । एकातर्फ महिला र पुरुषबीच समानताको विषयलाई लिएर जनचेतना फैलाउने अभियान चलिरहेको छ भने अर्कोतर्फ अमेरिकाको एक विश्वविद्यालयले आश्चर्यजनक तथ्य खुलासा गरेको छ विश्वविद्यालयले गरेको अध्ययनमा नशाको सुरमा पुरुषहरुले महिलालाई वस्तुको रुपमा हेर्ने प्रवृत्ति बढी हुने गरेको पाइएको छ । त्यो भन्दा पनि अचम्मको कुरा त जसलाई आकर्षक र फ्रेन्डली मानिन्न ती महिलासँग यस्तो हुने गरेको पाइएको छ यो अध्ययन अमेरिकाको नेब्रास्का–लिंकोइन विश्वविद्यालयमा गरिएको हो । अनुसन्धानकर्ताले वास्तविक परिस्थितिको जाँचका लागि केही परिस्थिति तथा कारकको अध्ययन गरेको थियो, जसमा पुरुषले महिलालाई वस्तुको रुपमा हेर्ने गरेको पाइएको छ ४९ पुरुषमा अध्ययनयो अध्ययनको प्रकाशन ‘सेक्स रोल्स’ जर्नलमा प्रकाशित गरिएको हो । अध्ययनमा २० देखि ३० वर्षसम्मका ४९ जना पुरुषलाई सामेल गरिएको थियो तिमध्ये २९ जनालाई रक्सी खुवाइएको थियो र उनीहरु हल्का नशामा आएका थिए । बाँकी २० जनालाई साधारण पेय दिइएको थियो । सबैलाई ८० युवतीको तस्बिर देखाइएको थियो र उनीहरुको व्यक्तित्वको बारेमा सोधिएको थियो आई–ट्रयकिङ प्रविधिआई–ट्रयकिङ प्रविधिका माध्यमबाट पुरुषले महिलाको तस्बिरको कुन अंगलाई हेरिरहेका छन् भनेर जाँच गरिएको थियो । अध्ययनमा यस्तो तथ्य बाहिर आयो कि नशामा भएको व्यक्तिले कुनै महिलालाई वस्तुको रुपमा हेर्छ । यसमा महिला कति आकर्षक या हट देखिएको छ भन्ने बारेमा हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?