अफगानिस्तानको गुप्तचर कार्यालय नजिकै विस्फोट, ६ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको गुप्तचर निकायको परिसर नजिकै एउटा आत्मघाती विस्फोट भएको छ राजधानी काबुलस्थि अफगानिस्तानको गुप्तचर निकायको परिसर नजिकै भएको आत्मघाती विस्फोट गराइँदा कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् उक्त गुप्तचर निकायका कर्मचारीहरु काम गर्न गइरहेका बेला पैदल रहेका आक्रमणकारीले विस्फोट गराएका थिए त्यस्तै, त्यस आक्रमणमा नजिकैबाट गइरहेको गाडीमा रहेका महिलाहरु पनि परेका छन् यसैगरी, समाचार संस्था रोयटर्सका अनुसार, इस्लामिक स्टेट समूहले विस्फोटको जिम्मेवारी लिएको छ । पछिल्ला महिनाहरुमा अफगानिस्तानमा बम विस्फोटका घटना बढेका छन् त्यस्तै, गत अक्टोबरमा एउटा शिया मस्जिदमा विस्फोट गराइँदा ३९ जना मारिएका थिए त्यसैगरी गत मेमा पनि ग्रीन जोन भनिने कूटनीतिक क्षेत्रमा गराइएको ठूलो हमलामा १५० जनाभन्दा बढी मारिएका थिए अमेरिकी नेतृत्वको फौजले सन् २००१ मा तालेबानहरुलाई सत्ताबाट हटाएपछि अफगानिस्तानमा गराइएको सबभन्दा ठूलो हमला थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?