कुनै समय इस्लामिक स्टेटको गढ रहेको मोसुलमा क्रिसमस

मोसुल, १० पुस । इराकको मोसुलमा बर्षौपछि पहिलो पटक इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाइएको छ मोसुलले सन् २०१४ देखि चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) को नियन्त्रणमा रहेर केही महिनाअघि मात्रै इराकी सुरक्षा फौजको भिषण कारबाहीपछि मुक्त भएको थियो आईएसको नियन्त्रणमा रहेको मोसुलमा धार्मिक गतिविधि गर्न रोक लगाइएपछि सहरका इसाई धर्मावलम्बीहरु डरका कारण सहर छाडेर भागेका थिए मोसुलमा जिहादीको शासनका क्रममा सेन्ट पल चर्च पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो भने सहरमा रहेका इसाई धर्मावलम्बीको घरलाई आईएसले ध्वस्त बनाइदिएको थियो क्रिसमसको अवसरमा इराकको काल्डियन क्याथोलिक चर्चका वयोवृद्ध धर्मगुरु लुईस रफाएल साकोले मोसुलबाट भाग्न बाध्य भएका इसाईहरु छिट्टै घर फर्किन पाउने विश्वास व्यक्त गरे मोसुल पश्चिमको अल मुहान्दसिन जिल्लामा रहेको चर्च पुनर्निर्माण गरिएको छ । धर्मगुरुले यसलाई एक चमत्कारको रुपमा ब्याख्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?