प्रदेश नम्बर २ को मुख्यमन्त्री को ?

काठमाडौँ, १० पुस- प्रदेश २ मा कुनै पनि दलको एकल बहुमत छैन् ।  संघीय समाजवादी फोरम, राजपा र एमाले नेताहरू मुख्यमन्त्रीको दौडमा छन् १०७ सिटमा मधेसकेन्द्रित दुई दल मिलेको अवस्थामा प्रत्यक्ष र समानुपातिकसहित ५४ सिट पुग्दा बहुमत पुग्नेछ । तर, मुख्यमन्त्रीमा राजपासँग कुरा नमिले २९ सिट जितेर प्रदेशमा ठूलो दल बनेको फोरम अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनसँग पनि समानान्तर छलफल गरिरहेको स्रोत बताउँछ प्रदेश २ मा राजपाले २५, एमालेले २१ र कांग्रेसले १९ सिट जितेका छन् । अहिलेसम्म फोरमबाट पर्साबाट विजयी लालबहादुर राउत, सिरहाका विजय यादव तथा सप्तरीबाट विजयी राजपा महामन्त्री मनीषकुमार सुमन तथा बाराबाट विजयी नेता जितेन्द्र सोनल दाबेदार छन् । एमालेबाट सप्तरीबाट विजयी प्रदेश संयोजक सत्यनारायण मण्डल पनि दाबेदार छन्, नयाँ पत्रिकामा खबर छ  |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?