सुनसान बन्यो गृह मन्त्रालय

काठमाडौं, १० पुस- निर्वाचनमा प्रशस्त सुरक्षा दिन नसकेको आरोप खेपेको गृह मन्त्रालयले निर्वाचनपछि पनि मुलुकमा शान्ति सुरक्षा कायम गर्न सकेको छैन पछिल्लो पटक कालिकोटमा प्रहरीको गोलीले एक म्यादी प्रहरीको मृत्यु भएको छ भने मुलुकका अन्य कतिपय भागमा बम विस्फोट भई सर्वसाधारण घाइते भइरहेका छन् । सुरक्षाविद्का अनुसार निर्वाचन भएर नयाँ सरकार बन्ने क्रममा विभिन्न खालका गम्भीर घटना हुन सक्छन् । यस्तो अवस्थाको गहन विश्लेषण गरी गृह मन्त्रालयले त्यसलाई निस्तेज बनाउने रणनीति अख्तियार गर्नुपर्ने सुझाव उनीहरूको छ दलहरू राजनीतिक गतिविधिमा सक्रिय भइरहेका बेला विभिन्न मौका कुरेर बस्नेहरूले अवाञ्छित गतिविधि बढाउने र त्यसले समग्र शान्ति-सुरक्षाको अवस्थालाई गम्भीर खलल पु¥याउन सक्ने पूर्वगृहसचिव सूर्य सिलवाल बताउँछन् । ‘यस्तो अवस्थामा पूरै गृह प्रशासनलाई इन्टेक राख्नुपर्छ, जहाँ जतिखेर जे घटना पनि घट्न सक्छ तर अहिले गृह प्रशासन इन्टेक अवस्थामा रहन नसकेकाले घटना हुने क्रम बढेको हो’, उनले भने नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मेवारीमा रहेको गृह मन्त्रालय यतिबेला नेतृत्वविहीन छ । त्यसैले सुरक्षा थ्रेट बढेको पूर्वसचिव सिलवाल बताउँछन् । झन्डै तीन महिनादेखि गृह मन्त्रालय मन्त्रीविहीन छ भने सातादेखि सचिवसमेत छैनन् । गृहको सबैभन्दा संवेदनशील सुरक्षा समन्वय महाशाखा पनि प्रमुखविहीन छ । म्यादी प्रहरीले तलब-भत्तामा अन्याय गरेको भन्दै केही दिनदेखि दोलखा, नुवाकोट, रसुवा, कालिकोटलगायत जिल्लामा असन्तुष्टि पोखिरहेका छन् । तर, गृहले प्रहरीस“गको समन्वयमा म्यादी प्रहरीको समस्या समाधानको पहल समयमै गर्न नसकेकाले कालिकोटमा अप्रिय घटना घटेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?