कासमू किर्ते प्रकरणमा सिलवालको फाइल खोजी

काठमाडौं, १० पुस- तत्कालीन डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) फाइलको खोजी सुरु भएको छ । किर्ते छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले लोकसेवा आयोग, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग सक्कल कासमू फाइल उपलब्ध गराइदिन अनुरोध गरेको छ परिसरले आयोग, मन्त्रालय र कार्यालयलाई आइतबार लाहाछाप लगाइएको सिलबन्दी कासमू फाइल उपलब्ध गराइदिन अनुरोध गरेको हो । परिसरले कासमू खुला पृष्ठमा भए लाहाछाप लगाई सिलबन्दी गरी उपलब्ध गराइदिन पनि अनुरोध गरेको छ । छानबिनमा संलग्न अनुसन्धान अधिकृतका अनुसार किर्ते गर्ने व्यक्तिबारे सर्वोच्चले स्पष्ट नगरेकाले अनुसन्धान दायरा ठूलो भएको छ प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ न्यायाधीशको पूर्ण इजलासले गरेको फैसलाको पूर्ण पाठमा न्यायिक टिप्पणीमा सिलवालले नै ‘किर्ते’ गरेको कतै पनि उल्लेख छैन । न्यायिक टिप्पणीका आधारमा प्रहरी छानबिन हुने भएकाले प्रहरीले अनुसन्धानको दायरा बढाउने भएको छ । आफूले अदालतमा पेस गरेको कासमू फारम सक्कली नै रहेको दाबी सिलवालले गरिरहेका बेला बढुवा समितिले मात्र खोल्नुपर्ने अत्यन्त गोप्य कासमू फाइल कसरी बाहिरियो भन्ने विषयमा समेत अनुसन्धान हुने अवस्था सिर्जना भएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?