रेशमलाई यसकारण सांसद बन्न अप्ठेरो

काठमाडौं, १० पुस- कैलाली-१ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीले अदालतमा आत्मसमर्पण नगरी विजयी सांसदको प्रमाणपत्र लिन नपाउने भएका छन् । उनले प्रमाणपत्र प्राप्तिका लागि सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनसमेत दर्ता नहुने निर्णय दिँदै कर्तव्य ज्यान मुद्दामा फरार रहेका चौधरीलाई पहिले अदालतमा समर्पण गर्न भनिएको छ ।सर्वोच्चको आदेशले चौधरीले आफैं अदालतमा समर्पण नगरे प्रहरीलाई पक्राउको बाटोसमेत खोलिदिएको छ वारेसमार्फत उम्मेदवारी दर्ता गर्दै निर्वाचन लडेका चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए । तर, जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतले टीकापुर घटनालाई लिएर अदालतमा चलेको मुद्दामा ‘वारेन्ट’ जारी भएको अवस्थामा विजयीको प्रमाणपत्र दिन नमिल्ने भन्दै अस्वीकार गरेपछि चौधरी वारेसमार्फत रिट लिएर सर्वोच्च पुगेका थिए । उम्मेदवारी दर्ता गर्न दिने तर प्रमाणपत्र नदिने निर्वाचन अधिकृतको निर्णयले आफूमाथि अन्याय भएको दाबी चौधरीको थियो । प्रमाणपत्र प्राप्त गर्न दिएको रिट दर्ता हुने वा नहुने विषयमा निर्णय दिँदै अदालती प्रक्रियालाई छलेर कसैले संविधान र कानुनले प्रदान गरेका सुविधा नपाउने निक्र्योलमा सर्वोच्च पुगेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?