एमाले माथि माओवादी केन्द्रको यस्तो दबाब

काठमाडौं, १० पुस– राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विवाद लचक भएर समाधान गर्नुपर्ने भन्दै माओवादी केन्द्रले गठबन्धनको सहयात्री दल एमालेमाथि दबाब बढाएको छ अध्यादेश रोकेर राख्दा राष्ट्रपति पनि अप्ठ्यारोमा पर्न थालेको र निर्वाचन परिणाम घोषणादेखि नयाँ सरकार गठन प्रक्रियामा समेत विलम्ब हुन लागेको उल्लेख गर्दै छिटो टुंग्याउनतर्फ लाग्नुपर्ने माओवादी केन्द्रको धारणा छ माओवादीले एकल संक्रमणीय प्रणालीमै जानुपर्ने कांग्रेसकोअडानको समर्थन गर्नेबारे औपचारिक रुपमा भने केहि बोलेको छैन । तर सो पार्टीका अध्यक्ष प्रचण्डले घुमाउरो शैलीमा त्यसतर्फ जानु नै उपयुक्त हुने आइतबार धारणा सार्वजनिक गरेको खबर कान्तिपुर ले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?