यो हो पानी र जमिनमा अवतरण गर्ने विश्वकै ठूलो जहाज

चीनमा जमीन र पानी दुवैमा अवतरण तथा उडान गर्न सक्ने संसारकै सबैभन्दा ठूलो विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छलगभग बोइङ ७३७ को आकारको उक्त एजी६०० विमानमा चारवटा ‘टर्बोप्रप’ इन्जिन छन्विमानले ५० यात्रु बोक्न सक्ने र १२ घण्टासम्म उड्न सक्ने बताइएको छयो विमान आगलागी नियन्त्रण तथा सामुद्रिक दुर्घटनाहरुमा उद्धारका लागि प्रयोग हुने बताइएको छतर यसको सैन्य उपयोगिता पनि रहेकाले यो विवादित साउथ चाइना सी क्षेत्रमा पनि प्रयोगमा आउन सक्ने ठानिएको बीबीसीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?