२ जेष्ठ २०७९, सोमवार

चीनका १३ हजार वेभसाइट बन्द

२०७४,पुष,९,आईतवार १५:४४

0
Shares

बेईजिङ, ९ पुस – चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिएका हुन् यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ “यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भने । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार १५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उत्तर कोरियामा कोभिड संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण

काठमाडौं । तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ । दिल्ली र उत्तर प्रदेशका स्थानहरूको तापक्रम

काठमाडौं । न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई

काठमाडौं । उत्तर कोरियामा कोभिडबाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले कोरोना संक्रमण भएको घोषणा गरेको दुई

ताजा समाचार

लुम्बिनीमा मोदीले दिनभर के गर्दैछन् ?
 २०७९,जेष्ठ,२,सोमवार १३:४७
डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत
 २०७९,जेष्ठ,२,सोमवार १३:४१