९ जेष्ठ २०७९, सोमवार

रेशम चौधरीलाई पक्राउ बाटो खुला

२०७४,पुष,९,आईतवार १५:३६

0
Shares

काठमाडौँ, ९ पुस – कैलालीको टीकापुर घटनामा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि बाटो खुला भएको छ सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सर्वोच्च अदालत प्रशासनले वारेसमार्फत दर्ता गर्न ल्याएको मुद्दा दरपीठ गर्नु कानूनसम्मत भएको फैसला सुनाएको हुँदा चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला भएको हो प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यही पुस ४ गते कर्तव्य ज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातको प्रमाणित प्रतिलिपि झिकाउने आदेश दिएको थियो । सोहीबमोजिम अधिवक्ता सुनीलकुमार पटेल र दीपेन्द्र झाले अदालतमा प्रमाणित प्रतिलिपि पेश गरेका थिए आदेशमा अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरी राज्यद्वारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैरकानूनी बाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहीनताको स्थिति सिर्जना हुनसक्ने भनी उल्लेख गर्दै भनिएको छ, “अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानूनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।”त्यसैगरी, आदेशमा कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पुर्जी अवज्ञा गरेको देखिएको र फरार अभियुक्तलाई जुनसुकै बेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रावधान रहेको उल्लेख छ कैलालीको टीकापुरमा आठजनाको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी भई फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि चौधरीले वारेसमार्फत विजयको प्रमाणपत्र लिन नपाएपछि सर्वोच्चमा रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । विसं २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार १५:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

ताजा समाचार