१३ माघ २०७९, शुक्रवार

रेशम चौधरीलाई पक्राउ बाटो खुला

२०७४,पुष,९,आईतवार १५:३६

0
Shares

काठमाडौँ, ९ पुस – कैलालीको टीकापुर घटनामा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि बाटो खुला भएको छ सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सर्वोच्च अदालत प्रशासनले वारेसमार्फत दर्ता गर्न ल्याएको मुद्दा दरपीठ गर्नु कानूनसम्मत भएको फैसला सुनाएको हुँदा चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला भएको हो प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यही पुस ४ गते कर्तव्य ज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातको प्रमाणित प्रतिलिपि झिकाउने आदेश दिएको थियो । सोहीबमोजिम अधिवक्ता सुनीलकुमार पटेल र दीपेन्द्र झाले अदालतमा प्रमाणित प्रतिलिपि पेश गरेका थिए आदेशमा अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरी राज्यद्वारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैरकानूनी बाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहीनताको स्थिति सिर्जना हुनसक्ने भनी उल्लेख गर्दै भनिएको छ, “अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानूनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।”त्यसैगरी, आदेशमा कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पुर्जी अवज्ञा गरेको देखिएको र फरार अभियुक्तलाई जुनसुकै बेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रावधान रहेको उल्लेख छ कैलालीको टीकापुरमा आठजनाको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी भई फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि चौधरीले वारेसमार्फत विजयको प्रमाणपत्र लिन नपाएपछि सर्वोच्चमा रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । विसं २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार १५:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर

काठमाडौं । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण शुरु

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६