२४ माघ २०७९, मंगलवार

भेनेजु्एलाद्वारा ब्राजिल र क्यानडाका राजदूतलाई देश निकाला

२०७४,पुष,९,आईतवार ०७:५१

0
Shares

कराकस, ९ पुस । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाले ब्राजीलका राजदूत र क्यानडाका कार्यवाहक राजदूतलाई देश निकाला गर्ने निर्णय गरेको छ भेनेजुएलाको शक्तिशाली संविधानसभाकी प्रमुखले क्यानडाले भेनेजुएलाको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरेको तथा ब्राजिलकै पूर्व राष्ट्रपति डिल्मा रुसेफविरुद्ध कानुन मिचेर महाभियोग लगाएको बताएकी छन् ब्राजीलले भने भेनेजुएलाको यो कदमको विरोध गर्दै यसले भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको प्रशासनको अधिनायकवादी चरित्र पुष्टि भएको प्रतिक्रिया दिएको छ क्यानडाले भने सो कदमबाट नडराउने बताएको छ । केही महिनाअघि मात्रै भ्रष्टाचार र मानवअधिकार उल्लंघनलाई देखाउँदै क्यानडाले भेनेजुएलाका उच्च अधिकारीहरुमाथि प्रतिबन्धको घोषणा गरेपछि भेनेजुएलाको पनि यस्तो कदम बाहिर आाएको हो मध्य दक्षिणपन्थी नेता मिसेल टेमरले ब्राजिलकी वामपन्थी नेतृ रुसेफलाई सत्ताबाट विस्थापित गरेयता भेनेजुएला र ब्राजिलबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ रुसेफमाथिको महाभियोगलाई मडुरोले दक्षिणपन्थी ‘कू’ को संज्ञा दिएका थिए पत्रकार सम्मेलनमा संविधानसभाकी प्रमुख रोड्रिगेसले संवैधानिक प्रक्रिया पुनः कायम नगर्दासम्म ब्राजिलसँग कूटनीतिक सम्बन्ध नजोड्ने स्पष्ट पारिन् ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०७:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिडनी। अस्ट्रेलिया टोलीका विश्व विजेता ३६ वर्षको उमेरमा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट

टर्की र सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३५ सय नाघेको समाचारमा जनाइएको छ । बीबीसीका अनुसार अनुसार ७.८ म्याग्नीच्युडको

काठमाडौं । अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले गत हप्ता पश्चिमी हेरात प्रान्तका विभिन्न स्थानबाट चार हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पक्राउ गरेको

काठमाडौं । टर्की भूकम्पमा परि मृत्यु हुनेको संख्या एक जार दुई सय नाघेको छ । बारम्बार आएको शक्तिशाली परकम्पले जनजीवन

ताजा समाचार

दुई सचिवको जिम्मेवारी हेरफेर
 २०७९,माघ,२३,सोमवार २०:०८