राष्ट्रसंघको प्रतिबन्धपछि उत्तर कोरियाले दियो युद्धको चेतावनी

प्योङयाङ, ९ पुस । उत्तर कोरियाले राष्ट्र संघ सुरक्षा परिषदले लगाएको प्रतिबन्ध युद्धको कदम भएको बताएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले राष्ट्रसंघको पछिल्लो कदम ‘पूर्ण आर्थिक नाकाबन्दी सरह’ भएको र ‘अमेरिकालाई निराश बनाउन आफ्नो पारमाणविक क्षमतालाई सुदृढ गर्ने एक मात्र विकल्प भएको’ जनाएको छ सुरक्षा परिषद्ले उत्तर कोरियाको तेल आयातमा ठूलो स्तरमा प्रतिबन्ध लगाउने पक्षमा सर्वसम्मत मतदान गरेपछि उसको यस्तो प्रतिक्रिया आएको हो उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको प्रतिक्रियास्वरुप सुरक्षा परिषद्ले कडा प्रतिबन्धहरु लगाउन सर्वसम्मतिले मतदान गरेको थियो अमेरिकाले तयार पारेको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउनेसहितका कदमहरु समावेश छन् । उत्तर कोरियाका प्रमुख व्यापार साझेदारहरु चीन र रुसले पनि प्रतिबन्धको पक्षमा मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?