चारा घोटालामा अदालतले दोषी ठहर गरेपछि लालुले दिए यस्तो अभिव्यक्ति

नयाँ दिल्ली, ९ पुस । भारतको विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले चारा घोटालामा दोषी ठहर भएपछि कडा प्रतिक्रिया दिएका छन् ।अदालतको फैसलापछि उनले एक पछि अर्को ट्विट गरेका छन् । लालुले आफ्नो पहिलो ट्विटमा लेखेका छन्, ‘संगठित हमला र पक्षपातपूर्ण प्रचारतन्त्रबाट साँचोलाई झुठो जसरी नै पेश गर्न सकिन्छ या उसलाई संदिग्ध बनाउन सकिन्छ । तर चाहे जो होस, भेदभाव र द्वेषको जो मलिन आवरण हो, त्यो खुल्नेछ । आखिरमा सत्यको जित हुन्छ ।’यसपछि अर्को एक ट्विटमा उनले लेखेका छन्, ‘ए कान खोलेर सुन, तिमी यो लालुलाई परेशान गर्न सक्छौं, पराजित होइन ।’भारतको केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईको बिशेष अदालतले विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई चारा घोटाला प्रकरणमा दोषी ठहर गरेको हो सन् १९९१ देखि १९९४ को बिचमा देवघर राजकोषबाट ८५ लाख रुपैंया घोटालाको मामलामा लाललाई दोषी ठहर गरिएको हो अदालतले दोषी रहेको फैसला सुनाएलगत्तै उनलाई अदालत परिसरबाट नै प्रहरीले हिरासतमा लिएको थियो । अदालतले यस विषयमा आगामी जनवरी ३ मा अन्तिम फैसला सुनाउनेछ उनले अदालत बाहिर आफ्ना समर्थकको ठूलो भिड लागेपछि शान्ति कायम गर्न पनि अपिल गरेका थिए । राष्ट्रिय जनता दलका अध्यक्षले त्यसअघि नै भाजपाले आफ्नो पार्टीको बदनाम गर्न चाहेको आरोप लगाएका थिए चारा घोटाला काण्डमा अदालतले लालु प्रसाद यादवसहित १६ जनालाई दोषी ठहर गरेको हो भने अन्य ६ जनालाई निर्दोष ठहर गरेको छ । यसमा बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रा समेत रहेका छन् अदालतको फैसलालगत्तै बिहारको राजनीतिमा नयाँ तरंग पनि उत्पन्न भएको छ । बिहारका उपमुख्यमन्त्री सुशील मोदीले भने, ‘जे गरे त्यसको सजाय भोग्नुपर्ने भन्दै फैसलाको स्वागत गरेका छन् ।’राष्ट्रिय जनता दलका वरिष्ठ नेता तथा पूर्वमन्त्री रघुवंश प्रसाद सिंहले अन्तिम समयसम्म पनि लड्ने उद्घोष गरे यो मुद्दामा लालु यादवमाथि बिहारको मुख्यमन्त्री र वित्तमन्त्रीको रुपमा यो षढयन्त्रकर्ताका विरुद्ध अनुसन्धानका फाइल आफ्नो कब्जामा राखेको समेत आरोप थियो सीबीआईले लालुलाई घोटाका बारेमा थाहा पाएर पनि त्यसलाई रोक्ने प्रयास नगरेको बताएको छ यो घटनामा लालु यादव र विहारका पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रासहित १९ जना दोषी रहेका थिए । तर जगन्नाथलाई अदालतले निर्दोष ठहर गरेको छ आफू निर्दोष ठहर भएपछि मिश्राले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् सुरुमा यो मुद्दामा ३४ जना विरुद्ध मुद्धा लगाइएको थियो । तर यिनीहरुमध्ये ११ जनाको सुनुवाईका क्रममा नै मृत्यु भइसकेको छ । सीबीआईका विशेष न्यायधीस शिवपाल सिंहले १३ डिसेम्बरमा मुद्दाको सुनुवाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?