मृतक म्यादि प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख दिईने

काठमाडौं , ९ पुस । प्रहरीको गोली लागी मृत्यु भएका म्यादि प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख क्षतिपूर्ति दिईने भएको छ बिनाविभागिय मन्त्रि महेन्द्र बहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो । बाँकी १५ लाख म्यादि प्रहरी हुँदा गरिएको बिमाबाट दिईने छ । मन्त्री शाहीले गृहमन्त्रालयलाई क्षतिपूर्ती रकम दिने निर्णय गर्न दबाब दिएका थिए । उनले छानबिन समिति गठन गरि मृतक ऐडिलाई शहीद घोषणा गर्न पनि दबाब दिएका छन् मन्त्री शाहीको निरन्तरको दबावपछि गृहमन्त्रालयले छानबिन समिति पनि गठन गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए । दुवाडीका अनुसार, प्रधानमन्त्रीस्तरको निर्णयबाट गृहले चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितीमा गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विक, प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ छन् उक्त समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने गरि समिति गठन गरिएको प्रवक्ता दुवाडीले बताए । घटनामा घाइते भएकाहरुको पनि निःशुल्क उपचार गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?