११ जेष्ठ २०७९, बुधबार

प्रश्नपत्रमा हदै लापरबाही

२०७४,पुष,९,आईतवार ०२:०२

0
Shares

काठमाडौं, ९ पुस- दसैंमा के-के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने हो तर, परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दसैंमा के-के गरिन्छ’ लाई अंग्रेजीमा ‘ह्वाट इज कन्फ्ल्टि’ भनेर अनुवाद गरेका छन् अन्नपूर्ण पोस्ट लेख्छ- सुन्दा पत्याउन नसकिने यो रोचक घटना काठमाडौंमा सञ्चालित पूर्वी क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा देखिएको हो । कक्षा ६ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयको पूरै प्रश्नपत्रमा नेपालीमा सोधिएका प्रश्न र त्यसको अंग्रेजी उच्चारणमा आकाश-जमिनको भिन्नता देखिएको छ । तर, यस विषयमा न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई जानकारी छ न त माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार पाएको स्थानीय तहलाई नै !नेपाली विषयको पहिलो प्रश्नको ‘क’ नम्बरमा नेपालीमा सोधिएको छ, ‘गाविस भनेको के हो ? ‘ तर यसलाई अंग्रेजीमा भनिएको छ, ‘हाउ मेनी लेभल अफ गभर्नमेन्ट आर देअर इन फेडरल गभर्मेन्ट सिस्टम ? ‘ त्यस्तै अर्को प्रश्न नेपालीमा सोधिएको छ, ‘मानव बेचविखन भनेको के हो ? ‘ यसलाई अंग्रेजीमा सोधिएको छ, ‘ह्वाट इज द फुल फर्म अफ एटिएम ? ‘६० पूर्णांक रहेको यस विषयको अधिकांश प्रश्नको नेपाली र अंग्रेजी उच्चारणमा केही पनि मिल्दैन । यति हुँदाहुँदै पनि परीक्षा समितिले नयाँ प्रश्नपत्र नछापी गत बिहीबार यही प्रश्नबाट परीक्षा सम्पन्न गरेको छ । पूर्वक्षेत्र परीक्षा समितिका अध्यक्ष रहेका नवीनग्राम माध्यमिक विद्यालय नांग्लेभारेका प्रधानाध्यापक गुरुप्रसाद दंगालले भने, ‘छापाखानामा छाप्ने बेला प्रश्नपत्र बिग्रेछ । परीक्षाको दिन मात्रै थाहा पायौं ।’परीक्षा समितिका शिक्षकले नजानेर भन्दा पनि प्राविधिक त्रुटिका कारण प्रश्नपत्र बिग्रेको दाबी गरे । उनले भने, ‘परीक्षा हलमा परीक्षार्थीलाई नेपालीमा सोधिएका प्रश्न सही भएकाले अंग्रेजीमा अनुवाद गरिएकोलाई बिर्सेर नेपालीअनुसार हल गर्न भन्यौं ।’काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले भने यस विषयमा सामाजिक सञ्जालबाट थाहा पाए पनि आधिकारिक जानकारी नआएको बताए ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०२:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

ताजा समाचार