क्रिसमस डे र अंग्रेजी नयाँ वर्षमा यस्तो छ आकर्षक ‘प्याकेज’

काठमाडौँ, ८ पुस – नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् खासगरी रात्रिकालीन मनोरञ्जन व्यवसायीले पाहुनालाई विभिन्न सेवामा विशेष अफर ल्याएका छन् इशाई धर्मावलम्बीले उक्त धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनका रुपमा क्रिसमस डेलाई मनाउने गर्छन् । दुई हजार १७ वर्ष अगाडिदेखि सोही धर्मावलम्बीले इस्वी संवत् प्रारम्भ गरेका हुन् । पर्यटनलाई संस्कृतिसँग जोडेर व्यवसायीले विभिन्न पर्वका अवसरमा नयाँ कार्यक्रम ल्याउने गरेका छन् ठमेलको ‘रियल थेरापी एण्ड ब्यूटी प्वाइन्ट’ले नयाँ ग्राहकका लागि विभिन्न सेवामा ५० प्रतिशतसम्म छुटको अफर ल्याएको छ जाडोको समयसँगै नयाँ वर्षको अवसर पारेर यो छुट ल्याइए पनि पुराना नियमित ग्राहकलाई अझै बढी छुटको व्यवस्था गरिएको कम्पनीका सञ्चालक भविश्वर शर्माले बताए रियल थेरापीले ‘विन्टर भ्याकेसन’ छुटअन्तर्गत अफुरो, साउना, स्टिम, मसाजलगायत विभिन्न सेवामा नेपाली ग्राहकका लागि ५० प्रतिशत छुट दिइने जनाएको छ । जापानमा चर्चित ओफुरो, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापीलगायतका सेवासमेत सञ्चालनमा रहेको सञ्चालक शर्माले बताए यस्तै, स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी ठमेलमा खुलेका गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायीले पनि नयाँ वर्ष तथा जाडो मौसममा विशेष छुट दिने गरेका छन् । व्यावसायिक सम्भावना देखेरै करोडौँ लगानी गरेका उनीहरुले विगतमा झैँ यसवर्ष पनि आफ्ना सेवामा विभिन्न अफर ल्याएका छन् क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गरी ठमेलमा नयाँ क्लब र रेस्टुराँ खुल्ने क्रम पनि जारी छ । यसै सन्दर्भमा सुविधायुक्त ‘टर्टल लाउञ्ज एण्ड क्लब’ शुक्रबारदेखि शुरु भएको छ नयाँ वर्षको अवसर पारेर ठूलो लगानीमा नयाँ क्लब शुरु गरिएको व्यवसायी आयुष ठकुरीले बताए । उनले ठमेलमै करोडौँको लगानीमा ‘ब्लू बार’ नामक रेस्टुरेन्ट तथा ‘सर्कल गजल एण्ड लाउञ्ज बार’ सञ्चालन गरिरहेका छन् नयाँ वर्षमा ग्राहकको रुची र चाहनाअनुसारको नयाँ प्याकेज तथा विभिन्न सेवामा छुट दिइएको व्यवसायीले बताएका छन् । राजधानी काठमाडौँमा मात्र नभई मुख्य पर्यटकीय क्षेत्र पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटन व्यवसायीले विभिन्न सेवामा छुटसहित अफर ल्याएका छन् होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाहले क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गरी तारे होटलदेखि पर्यटकस्तरीय होटलले विभिन्न प्याकेज ल्याएको बताए उनका अनुसार ठूला होटलले सेवामा छुटभन्दा पनि सेवाग्राहीको चाहनाअनुरुपका प्याकेजअन्तर्गत अन्तर्राष्ट्रिय चर्चित ब्याण्ड, नेपाली चर्चित कलाकारका साथमा मनोरञ्जन दिलाउने प्याकेज सार्वजनिक गरेका छन् सामान्य अवस्थामा पनि विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । पछिल्लो समय लाइभ म्युजिकसहितको क्लब तथा लाउञ्ज रेस्टुरेन्टमा पर्यटकको ओइरो लाग्न थालेपछि लगानी गर्नेहरु पनि उत्साहित बनेका छन् पर्यटकीय क्षेत्र ठमेलमा नयाँ वर्षको अवसरमा सडक महोत्सवको तयारी भइरहेको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ नयाँ वर्षकै सन्दर्भमा रेस्टुरेन्ट तथा बार एशोसिएसन नेपाल (रेबान) ले यही ‘डिसेम्बर २८ देखि जनवरी १’ सम्म पोखरामा १९औँ पोखरा सडक महोत्सव आयोजना गर्दैछ रेबानका अध्यक्ष प्रमोदकुमार जैसवालले नयाँ वर्षको सन्दर्भमा रेस्टुरेन्टले विभिन्न सेवामा छुटसहितका नयाँ प्याकेज ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?