आँधीमा परी फिलिपिन्समा १ सय जनाको मत्यृ, अरु कैयौँ बेपत्ता

मनिला, ८ पुस । फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या १ सय नाघेको छ ।

फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौ बेपत्ता भएका अधिकारीले जानकारी दिएका छन् यस आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ । सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ । अहिलेको आँधीले कारण पनि लाखाैं स्थानीय वासिन्दा प्रभावित भएका छन् यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी झण्डै सात हजार ३५० को मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?