दुर्घटना घटाउन ट्राफिकद्वारा यस्तो अभियान

काठमाडौं, ८ पुस । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले सवारी साधनमा टल्कने स्टिकर राख्ने अभियानलाई तिब्रता दिएको छ बढ्दो चिसोसँगै रातमा तथा बिहानीमा लाग्ने बाक्लो हुस्सुका कारण विभिन्न सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ट्राफिकले सो अभियान संचालन गरेको हो । जिल्ला ट्राफिक प्रहरीले सवारीधनीहरुलाई आ–आफ्नो सवारी साधनमा अँध्यारोमा अर्को सवारीको प्रकाश पर्दा टल्कने बस्तु Rlector राख्न अपिल गर्दै आएको छ प्राय: ट्याक्टरमा जडित ढालामा पछाडि लाइट नहुने हुँदा पछाडिबाट आउने सवारी साधन बढी ठोक्किनसक्ने भएकाले पहिलो चरणमा ट्याक्टरबाट रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिए । अभियान अन्तर्गत एक सातामा १ हजार १५ ट्याक्टरमा स्टिकर लगाइएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताए । उनका अनुसार सडक तथा विभिन्न चेक प्वाइन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी बाँकी ट्रयाक्टरहरुमा स्टिकर लगाउन सम्बन्धित चालक वा व्यवसायीलाई अनुरोध गर्दै आएको छ । दुर्घटना न्यूनीकरणमा रिफ्लेक्टर स्टिकरको महत्वपूर्ण भूमिका भएकाले यो अभियान निरन्तर जारी रहन्छ उनले भने । अभियानको दोस्रो चरणमा साइकल तथा अन्य सवारी साधनमा रिफ्लेक्टर स्टिकर लगाउन लगाइने कार्कीले बताए यसका साथै ट्याक्टरमा साउण्ड सिष्टम जडान गरी उच्च आवाजमा गीत बजाई सडकमा गुड्ने ट्याक्टरलाई समेत कारवाही प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरी निरीक्षक कार्कीको भनाई छ । चर्को आवाजमा गीत बजाई सवारी चलाउँदा पछाडिबाट आउने सवारीसाधनलाई बाटो नदिने र हर्न समेत नसुन्दा अन्यलाई असुविधा पु¥याउने दुर्घटना समेत हुनसक्ने भन्दै ट्याक्टरमा उफर जडान गर्न रोक लगाएको उनले भने अभियानका क्रममा तौलिहवा–चार नम्बर सडकखण्डमा अटेर गर्ने १२ ट्याक्टरबाट साउण्ड सिष्टम हटाई ट्राफिकले नियन्त्रणमा लिएको कार्कीले बताए । नियन्त्रणमा लिएका उपकरण सम्बन्धित ट्याक्टर धनी बोलाई सम्झाइने र जिम्मा लगाइनेछ उनले भने, चालकहरुलाई साउण्ड सिष्टम नजोड्न भन्दा नमान्ने र काम नगर्नेसम्मको धम्की दिने गरेको व्यवसायीले गुनासो गरे । ट्राफिक प्रहरीले चालेको यो कदम सह्राहनीय रहेको भन्दै केही ब्यबसायीले खुशी समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?