सुर्खेतको तरकारी बजारमा आगलागी हुँदा १० वटा पसल जले नष्ट

सुर्खेत, ८ पुस । सुर्खेत बसपार्कस्थित तरकारी बजारमा गएराति आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेर नष्ट भएको छ सुर्खेतका नेपाल प्रहरी डीएसपी गणेश चन्दले विद्युत सर्टका कारण आगलागी भएको जानकारी दिए आगलागीबाट झण्डै ४ करोड बराबरको धनमाल जलेस नष्ट भएको अनुमान गरिएको छ गएराति शुक्रबार राति ९ बजेबाट सुरु भएको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु खटिएका थिए । उक्त आगलागी ३ घन्टापछि नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?