उत्तर कोरियाविरुद्ध कडा प्रतिबन्ध, रुस र चीनको पनि सहमति

न्युयोर्क, ८ पुस । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियाले हालै गरेका क्षेप्यास्त्र परीक्षणको प्रतिक्रियास्वरुप कडा प्रतिबन्ध लगाएको छ अमेरिकाले तयार पारेको प्रस्ताव सुरक्षा परिषदबाट सर्वसम्मतिले पारित भएको हो । सो प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउनेसहितका योजना समावेश गरिएको छ उत्तर कोरियाका प्रमुख व्यापार साझेदारहरु चीन र रुसले प्रतिबन्धको पक्षमा मतदान गरेका छन् । उत्तर कोरियाले पहिल्यैदेखि अमेरिका, राष्ट्रसंघ र युरोपेली संघका कैयौँ प्रतिबन्धहरु झेलिरहेको छ अमेरिकाले सन् २००८ देखि नै प्योङयाङविरुद्ध प्रतिबन्धहरु लगाउँदै आएको छ उसले उत्तर कोरियाका व्यक्तिगत तथा पारमाणविक कार्यक्रमसम्बन्धी कम्पनीहरुको सम्पत्ति रोक्का गर्दै आउनुका साथै प्योङयाङलाई सामान निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले प्रतिबन्धहरुले प्योङयाङको थप अवज्ञाले थप दण्ड दिन तथा एक्ल्याउने दिशातर्फ लग्ने स्पष्ट सन्देश दिएको दाबी गरेकी छन् राष्ट्रसंघका लागि चिनियाँ राजदूतले “मतदानले उत्तर कोरियाको अणविक कार्यक्रमबारे अन्तर्राष्ट्रिय समुदायको सर्वसम्मत धारणा रहेको देखाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?