२४ माघ २०७९, मंगलवार

सांसद बन्न राजपा र फोरममा चलखेल

२०७४,पुष,८,शनिवार ०२:२६

0
Shares

काठमाडौँ, ८ पुस- राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालभित्र प्रतिनिधिसभा समानुपातिक सांसद बन्न चलखेल सुरु भएको छ। दुबै दललाई प्रतिनिधिसभा समानुपातिकमा क्लस्टर (समावेशी सूची) मिलाउनुपर्ने बाध्यता नरहेपछि नेताहरु चलखेलमा लागेका हुन्प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्धारण गरिएको कुल सदस्य संख्याको १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले कम्तीमा एक तिहाइ महिला निर्वाचित हुने गरी यथासम्भव अन्य समावेशी आधार मिलाइ निर्वाचन हुने उम्मेदवारको सूची पठाउनुपर्ने व्यवस्था छयस्तो प्रावधानले राजपा र संघीय फोरमले समावेशी आधारमात्र मिलाउनुपर्नेछ। ऐनको यस्तो प्रावधानले राजपा र फोरमलाई क्लस्टरमा रहेकाहरुलाई मात्रै समानुपातिकमा सिफारिस गरनुपर्ने बाध्यता हटेको छनिर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रतिनिसभा समानुपातिकतर्फ १० प्रतिशतभन्दा कम सिट संख्या प्राप्त गर्ने दलले समानुपातिकतर्फ सबै क्लस्टर मिलाउनुपर्ने बाध्यात्मक व्यवस्था ऐनमा नगरिएको बताए। राजपा र फोरम दुवै दलले समानुपातिकमा ६/६ सदस्य सिट पाउने भएका छन्तीमध्ये सबै सिटमा महिला पठाउनुपर्नेछ। दोस्रो संविधानसभा चुनावमा मधेस केन्द्रित दलहरुले समानुपातिक सूचीमा सिफारिस गरेका नामध्ये केही नाम पार्टी अध्यक्षका श्रीमती र परिवारका सदस्य रहेका थिए। क्लस्टर मिलाउनुपर्ने बाध्यता नरहेपछि यसपटक पनि राजपा र संघीय फोरममा यस्तै स्थिति देखिने सम्भावना छ, नागरिकले खबर छापेको छ ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०२:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर

काठमाडौं । नेपाल प्रहरीले ७८ लाख ५० हजार रुपैयाँसहित सहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध जनाएको छ ।

ताजा समाचार

दुई सचिवको जिम्मेवारी हेरफेर
 २०७९,माघ,२३,सोमवार २०:०८