सरकारले अझै तिरेन अनमिनको साढे ३ करोड

काठमाडौँ, ८ पुस- नेपालको शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) कार्यालय बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको साढे ३ करोड रुपैयाँ भाडा सरकारले अझै नतिरेको पाइएको छ अनमिन कार्यालय फिर्ता हुनु ३ वर्षअघि देखि नतिरिएको भाडा बिदाइ भएको ८ वर्षसम्म पनि निकासा भएको छैन । मुलुकमा शान्ति प्रक्रिया र हतियार व्यवस्थापन भएपछि अनमिन फर्किएको ८ वर्ष भयो । अनमिन कार्यालयको भाडा सरकारले तिर्ने निर्णय भएको थियो ६ फागुन २०६३ को मन्त्रिपरिषद् बैठकले केन्द्रको पूर्वतर्फको परिसर अनमिनको मुख्यालयका रूपमा सञ्चालन गर्न दिएबापतको भाडा सरकारले तिर्ने निर्णय गरेको थियो । आजको राजधानीमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?